आन्दोलनका क्रममा असभ्य भाषा प्रयोग नगर्न श्रेष्ठको आग्रह
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना समूहका नेता तथा कार्यकर्तालाई सभ्य हुन आग्रह गरेका छन् ।

पछिल्लो समय राजनीतिक घटनाक्रमले गर्दा दैनिक सडक आन्दोलन भइरहेको र सडकमा एकअर्काबीच तल्लो तहमै पुगेर गालीगलौज हुने गरेको सन्दर्भमा उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै राजनीतिक मूल्य र सत्यमा आधारित छलफल गर्न अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरूको जस्तो अनर्गल प्रचारको पछि नलाग्न आग्रह गर्दै उनले आफूहरूका लागि सत्य उद्घाटन नै पर्याप्त भएको बताएका छन् । 

’हामी बिसर्जनवादी प्रवृत्तिका विरुद्ध पार्टी तथा नेपाली कम्युनिस्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं,’ उनले भनेका छन्, ‘यतिबेला हामी मुख्यतः प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेका छौं । त्यसैले  पार्टीका सम्पूर्ण कमरेडहरूलाई उक्त महान् उद्देश्यलाई केन्द्रमा राखी बिचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल–बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गाली गलौज एवं झुठा प्रचारमा लाग्नेहरू झैं प्रस्तुत नहुन अनुरोध गर्दछु ।’ 
केही दिनअघि विभिन्न समूहले गरेको सडक प्रदर्शनका क्रममा राष्ट्रपति तथा प्रधानमन्त्रीलाई समेत असभ्य भाषा प्रयोग भएको र यसको चौतर्फी विरोध भएपछि नेकपाको प्रचण्ड– माधव समूहका प्रवक्तासमेत रहेको श्रेष्ठले  फेसबुकमार्फत सबै आन्दोलनरत पक्षलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।  

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाका नेता कार्यकर्ताले आफ्नो बिरोधी समूहलाई निशाना बनाएर गालीगलौज गर्न थालेपछि श्रेष्ठले यस्तो अनुरोध गरेका हुन् ।

संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा बिघटन गर्ने प्रतिगामी कदमको बिरुध्द हामी संविधान ,संघीय लोकतान्त्रिक गणतन्त्र र...

Posted by Narayan Kaji Shrestha on Thursday, December 31, 2020




  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १५:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया