‘देश बन्दै थियो, आफ्नैले बिगारे’

‘जनताका सपनालाई सरकारले परियोजनाका रुपमा पूरा गर्दै छ । आफ्नै साथीहरुको अवरोधका कारण मुलुक अहिले ठप्प रोकिएको छ । न संसदमा प्रधानमन्त्री योजना पास हुन्थे,  न सोचेअनुरुप योजनाका काम प्रधानमन्त्रीले गर्न पाउनुभयो । जहिले पनि प्रधानमन्त्रीमाथि नेताहरुको असहयोग नै रह्यो । सोचेको काम प्रधानमन्त्रीले गर्न पाउनुभएन । बाध्य भएर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभयो ।’ 

दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औँ साधारणसभा तथा स्वर्ण जयन्तीको अवसरमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भनेका कुरा हुन्, यी । संसद विघटनको विषयलाई लिएर गलत व्याख्या गरिएको दाबी गर्दै उनले प्रश्न गरे, ‘कामै गर्न नदिने, घेराबन्दीमा मात्रै पार्ने अनि विरोध गर्दै सडकमा जाने ? आन्दोलनकारीलाई लक्षित गर्दै उनले भने, ‘अब निर्वाचनको मिति तय भइसकेको छ आउनुहोस् निर्वाचनमा जाऔँ । सहकार्य गर्दै अघि बढौँ ।’ 

प्रधानमन्त्री आन्तरिक घेराबन्दीकै उकुसमुकुसमा फसेपछि संसद विघटन गरेर जनादेशको नयाँ खोजीमा लागेको उनको भनाइ छ । मुलुकको समृद्धि र विकासका  लागि प्रधानमन्त्री वलीले नयाँ विकल्पको खोजी गर्दै संसदलाई जनतामाझ पुर्याएको उनले बताए । उनले थपे, ‘दुईतिहाई कम्युनिस्टको बहुमतको सरकारलाई आफ्नैले अप्ठ्यारोमा पारे ।’ आफैँले गरेको गल्तीलाई सत्य प्रमाणित गर्न प्रचण्ड–माधव समूह सडक आन्दोलनमा उत्रिएको उनको आरोप थियो । 

कम्युनिस्टको दुईतिहाइको सरकारलाई प्रतिपक्षभन्दा पनि  पार्टीकै असहयोगका कारण असफल बनाउन खोजिएकाले प्रधानमन्त्रीले संसद विघटन गरी नयाँ बाटो खोजी गरेको उनले बताए । 

मुलुकमा विकास लहर फैलाउँदै सरकार अघि बढ्दै गइरहे पनि आन्तरिक असहयोगका कारण केही प्रभावित बन्न गएको उनको भनाइ छ । 

उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य अजय सुमार्गीलगायतले भनाइ राखेका थिए । 





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १९:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया