नारायणकाजीलाई लक्षित गर्दै ओलीले भने– प्रवक्ताले साह्रै छ्यासछ्यास गरेर दुर्गन्ध फैलाए अनि हटाइयो

प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएको आरोप लगाएका छन् । 

अनेरास्ववियुले आइतबार राजधानीमा आयोजना गरेको युवा विद्यार्थी भेलामा सम्बोधन गर्दै ओलीले दुर्गन्ध फैलाएकै कारण श्रेष्ठलाई प्रवक्ताबाट हटाएको बताए ।

प्रवक्ताबाट हटाए पनि सचिवालय सदस्य कायम राखिएको जानकारी दिँदै उनले भने, ‘प्रवक्ताले साह्रै बढी छ्यासछ्यास गरेर दुर्गन्ध फैलाउने काम गरिराख्नुभयो, प्रवक्तालाई हटाइएको छ, तर सचिवालय सदस्य कायमै राखिएको छ ।’ 

सोही कार्यक्रममा उनले प्रचण्डलाई आफूले ‘कार्यकारी’ दिएको तर अन्त्यन्तै उपद्रो मच्चाउन थालेपछि आफूले त्यो हटाइदिएको उल्लेख गर्दै उनले भने, ‘अध्यक्षको पद अझै पनि राखेकै छौँ आउनुहोस् ।’ 

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको समेत कुर्सी सुरक्षित रहेको बताउँदै उनले भने, ‘वरिष्ठ नेताको पद पनि कायमै राखेको छु आउनुहोस् ।’ 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १७:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया