स्पोर्टस् अवार्डसँग जोडियो होटेल क्राउन प्लाजा

नेपाल पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड–२०७६ का लागि होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता गरेको छ । क्राउन प्लाजा अवार्डसँग सह प्रायोजकका रूपमा जोडिएको छ । 

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लामो समयदेखि अवार्डको हस्पिटालिटी पार्टनरका रूपमा रहेको क्राउन प्लाजाले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । 

प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदप्रतिको लगावका कारण अवार्डलाई साथ दिएको बताउँदै आगामी दिनमा पनि अवार्ड तथा खेलकुदका कार्यक्रमलाई साथ दिने प्रतिबद्धता जनाए । 

मञ्चका अध्यक्ष सुवेदीले यस्तो जटिल अवस्थामा पनि अवार्डलाई साथ दिएकोमा क्राउन प्लाजा प्रति कृतज्ञता व्यक्त गरे । सम्झौता अनुसार होटलले अवार्ड कार्यक्रमलाई ५ लाख बराबरको सेवा गराउनेछ । 

यसपटकको अवार्ड कार्यक्रम पुस २८ गते सेमिभर्चुअल रूपमा हुनेछ ।  प्रतियोगिताको मुख्य प्रायोजक हंशराज हुलास चन्द एन्ड कम्पनी रहनेछ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १६:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया