भारतमा १४ जनवरीदेखि सुरू गरिँदै कोरोनाविरुद्ध खोप अभियान


भारतले यही १४ जनवरीदेखि कोरोना भाइरसविरूद्ध खोप दिन थाल्ने भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भ्याक्सिनलाई अनुमति मिलेको १० दिनपछि खोप अभियान सुरु गर्न लागिएको हो। 

कोरोना भ्याक्सिनलाई ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले ३ जनवरीमा मञ्जुरी दिएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले यसबारेमा जानकारी दिएका हुन्। भारतमा पहिलो चरणमा तीन करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिइँदैछ। 

मंगलवार एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव राजेश भुषणले अबको १० दिनभित्र कोरोना भ्याक्सिन दिन थालिने जानकारी दिए। 'कोरोना भ्याक्सिनलाई अनुमति मिलिसकेको छ। हामी अबको १० दिनमा खोप अभियान सुरु गर्ने तयारीमा जुटिसकेका छौं।'

आइतवार ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन कोभिशिल्ड र भारत बायोटेकको भ्याक्सिन कोभ्याक्सिनलाई अनुमति दिएको थियो। पहिलो चरणामा लगाइने तीन करोड नागरिकमा स्वास्थ्यकर्मी, फ्रन्टलाइन सुरक्षाकर्मी र कर्मचारी तथा ५० वर्षभन्दामाथिका हुनेछन्। 

स्वास्थ्य सचिव राजेश भूषणले देशमा ४ प्राथमिक भ्याक्सिन स्टोर रहेको जानकारी दिए। यी स्टोर करनाल, मुम्बई, चेन्नई र कोलकातामा राखिएको छ। त्यसपछि देशमा ३७ भ्याक्सिन केन्द्र छन्। यहाँ भ्याक्सिन स्टोर गरिनेछ। यहाँबाट भ्याक्सिनलाई जिल्लास्तरमा पठाइनेछ। जिलास्तरबाट यी भ्याक्सिनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा फ्रिजर डब्बाबाट पठाइनेछ। जहाँ यी भ्याक्सिन नागरिकमा लगाइने छ।
 





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १९:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया