केपी ओलीले घर झमेला देखाएर घर नै भत्काइदिए : माधव नेपाल

काठमाडौं : नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले घरभित्रको झगडा देखाएर घर नै सखाप पारेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले परिवारमा झमेला भयो भनेर घरै समाप्त पार्ने ओलीको प्रवृति खतरनाक रहेको टिप्णी गरे। उनले लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा विघटन गरिएको पनि गुनासो गरेका छन्।  

'पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाँधियो, त्यसकारण अब देखाइदिन्छु भन्ने ओली प्रवृतिले सबै पार्टी र सिङ्गो मुलुकलाई दुःख दिएको छ', उनले भने।

घरझमेला हुँदा घरै भत्काउने ओली प्रवृत्ति हानिकारक रहेको उनले दाबी गरे। 'ओलीजीले पार्टीभित्र काम गर्न दिइएन, घेराबन्दीमा पार्न खोजियो देखाइदिएँ भन्दैछन्', उनले थपे, 'न प्रतिनिधि सभा रहन्छ न म मलाई गिराउँछन् भन्‍ने हिसाबले उहाँले संविधानविपरीत काम गर्नुभयो। घरमा झमेला हुँदैमा घर नै भत्काइदिने?’





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १९:४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया