निषेधित क्षेत्रमा दाहाल–नेपालनिकट अखिलले जलायो प्रधानमन्त्रीको पुत्ला

दाहाल–नेपाल’ निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको नयाँबानेश्वरस्थित निषेधित क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । 

मीनभवनस्थित कमर्स क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर उनीहरुले पुत्ला दहन गरेपछि उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । लगत्तै उनीहरुले क्याम्पसबाहिर पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

बिहीबारै काठमाडौंको प्रदर्शनीमार्गमा पनि अनेरास्ववियुका कार्यकर्ताले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार २०:३४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया