विरोधसभामा देउवा बोलिरहँदा 'हिन्दुराष्ट्र मास्ने यही हो' भन्दै महिला जंगिएपछि..

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले विरोधका विविध कार्यक्रम राखेको छ । यसै अन्तर्गत शनिबार काठमाडौँको बूढानीलकण्ठमा विरोधसभा आयोजना गरिएको थियो । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र ५ को प्रदेशसभा ‘ख’ले कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि थिए सभापति शेरबहादुर देउवा । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत लगायत विरोध कार्यक्रममा सहभागी थिए । 

बूढानीलकण्ठ मन्दिर परिसरमा गरिएको कार्यक्रममा देउवाले बोल्दै गर्दा मन्दिर तिरबाट एक महिला कार्यक्रम स्थलमा आइन् । यो देउवा नेपालबाट हिन्दु राज्य हटाउने नेता हो भन्नै चर्काे स्वरमा गाली गर्न थालिन् । 



उग्ररुपमा प्रस्तुत भएकी ती महिलालाई प्रहरीले कार्यक्रम स्थलबाट बाहिर पठायो 



  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १५:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया