हाम्रो खेतमा पानी चाहियो भनेर भारतसँग बोल्न किन डराउनु?
मिचिएको भूमि फिर्ता लिएरै छाड्ने दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ नक्सामा समेटिएको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका हुन्। 

भारतले लामो समयसम्म पानी नदिएपछि नेपाली भूमि सुख्खा रहेकोमा अब चाँदनी-दोधाराबाट त्यसको व्यवस्ता हुने उनले बताए। उनले नेपाली भूमि हडप्दा भारतबारे बोल्न नसक्नेहरुले नै आफ्नो विरोध गरेको उनले बताए। 

'हाम्रो भूभाग हडपिएको छ भन्ने थाहा छ तर भारतविरुद्ध बोल्न नसक्नेहरु देखिए। भित्रभित्रै मन कुँड्याउने तर सम्बन्ध राम्रै छ भन्ने? जहाँ निर समस्या छ, त्यहाँ खुलस्त छलफल हुनुपर्छ', उनले थपे, 'भारतसँग हाम्रो खेतमा पानी चाहियो भन्दा मुख टालेर बस्ने, खेत बाँझै राख्ने तर मौका मिले राष्ट्रवादका ठूला गफ पनि गर्ने?' 

ओलीले आफ्नो भूमि हडपिएकोबारेमा भारतसँग मित्रतापूर्वक कुरा भइरहेको बताए। 'मित्रतापूर्क हामीले भारतसँग कुरा अघि बढाएका छौं। सफलता पनि पाएका छौँ', उनले भने, 'हाम्रा भूभाग समेटेर नक्सा निकाल्दा केही मानिसले सम्बन्ध बिग्रिन्छ भने तर हामी हामी त्यो भूभाग कायम गरेर छाड्छौं। नक्सामा मात्रै होइन व्यवहारमा हामी कायम गरेर छाड्छौं।'

ओलीले नयाँ नक्सा छापेर संविधान संशोधन गरिएपछि केहीलाई छटपटी भएको दाबी गरे। 'पहिलो पटक संविधान जारी गर्न पहल र अगुवाई गरे वापद , नाकाबन्दीको सामना गरे वापत, भूजडित देश बनाए वापत मेरो सरकार ढालियो', उनले भने, 'यो पटक पनि त्यस्तै गर्न खोजियो, काम नै गर्न दिइएन, त्यही भएर हामी नयाँ जनादेशमा गएका हौँ।'





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १३:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया