सिने उद्योगको वास्तविक संघर्ष अब सुरु हुन्छ

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली सिने उद्योगको वास्तविक संघर्ष अब सुरु हुने बताए । करिब १० महिना लामो बन्दपछि खुलेका सिनेमा हलले पुरानो लय समात्न निक्कै मिहिनेत गर्नुपर्ने बताए । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘अब कोरोना अघिका सपनाले मात्रै सिने उद्योग माथि उठ्न सक्दैन ।’

अब चलचित्र उद्योगलाई चलायमान बनाउन यस क्षेत्रमा कार्यरत सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने उनको भनाइ छ । सिने उद्योगलाई माथि उठाउन र चलायमान बनाउन विकास बोर्डका तर्फबाट अनि आफ्नो व्यक्तिगत तर्फबाट आफूले गर्नु पर्ने सबै सहयोग गर्न तत्पर रहेको पनि उनले बताए । भने, ‘हामीले चलचित्र क्षेत्रलाई पहिलाको भन्दा उचाइमा लैजाने सपना देख्नु पर्छ ।’ चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सबै सिनेकर्मीले एकजुट भई हातेमालो गर्नु पर्ने उनको धारणा थियो ।

करिब १० महिनाको बन्दपछि गत आइतबारबाट मात्रै सिनेमा हलले औपचारिक रुपमा खुल्ने अनुमति पाएका हुन् । सरकारी अनुमति नपाएपछि पुस १० गतेबाट एकतर्फी खुलेका हल सञ्चालकले पुराना फिल्म रिलिज गरिरहेका थिए । पुरानै चलचित्र हलमा लगाएर दर्शक हलसम्म नआउने भन्दै निर्माताहरूलाई हिम्मत गरेर सिनेमा रिलिज गर्न विकास बोर्ड अध्यक्ष दाहालले अनुरोध गरे ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १४:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया