कालिप्रसादको मिस्सिएर दुईटा खोली सार्वजनिक

गीतकार कालीप्रसाद रिजालको नयाँ गीत रिलिज भएको छ । रिजालको शब्द रचना रहेको ‘मिस्सिएर दुईटा खोली’ बोलको गीत रिलिज भएको हो ।

गीतमा सन्तोष श्रेष्ठले संगीत गरेका छन् । गीतमा गायिका रिता केसी र राज सागरलाई सुन्न सकिन्छ । गीतमा देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । अमर ओलीले निर्देशन गरेको म्युजिक भिडियोमा रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीले अभिनय गरेका छन् । प्रेम कथा बुनिएको भिडियोमा यो जोडी परफेक्ट देखिएको छ । भिडियो सम्पादन विष्णु खड्काले गरेका हुन् ।

 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १३:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया