बालुवाटार जग्गा विक्री प्रकरण : माधव नेपाल जोडिएको मुद्दा हेर्न भ्याइएन

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा दायर रिटमाथिको सुनुवाइ आज हुन सकेन। ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा नचलाएपछि परेको रिटमाथिको सुनुवाइ आजलाई हेर्न नभ्याइने भएको हो।
उपरको सुनुवाई आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र आनन्दमोहन भट्टराईको इजलासमा अग्राधिकार पाएको यो रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो।

बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाएर २०७६ माघ २२ गते रिट हालेका थिए। 

यो प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजय गच्छदारविरुद्ध पनि मुद्दा चलाएको छ। उनको सबै सम्पत्ति रोक्का भइसकेको छ। उनीसँगै तीनजना पूर्वमन्त्री र अख्तियारकै एकजना पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित एक सय ७५ जनाविरुद्ध मुद्दा चलाइएको थियो। 

बालुवाटारको जग्गा विक्रीका लागि मन्त्रिपरिषद्‍बाट नीतिगत निर्णय गराएको आरोप लागिरहेका नेता नेपालला भने यो मुद्दामा मुछिएको थिएन। उनीविरुद्ध मुद्दा नचलाएर चोख्याइएको भन्दै न्यौपानेले रिट हालेका थिए। 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १६:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया