कोरोनाका कारण न्याम्सका पूर्वउपकुलपति डा. मास्केको निधन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्वउपकुलपति डा. सिपी मास्केको कोरोनाका  संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत डा. मास्केको बिहान निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ । 

नेपालमा युरो सर्जरीको सुरुवात गर्नेमध्येका एक डा. मास्के नेपालका पायनियर युरो सर्जनसमेत हुन् । उनी मुटु तथा मिर्गौलाका रोगी थिए ।  

सन् १९९८ सालमा तेह्रथुममा जन्मिएका डा. मास्केले नेपालका अलवा बंगलादेश र भुटानमा समेत सेवा गरेका थिए । 

उनी शिक्षण अस्पताल महाराजगञ्जको निर्देशकसमेत भएका थिए।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १७:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया