म्याद नाघेका औषधी वितरण भएको भन्दै तालाबन्दी

म्याद नाघेको औषधी वितरण भएको भन्दै दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखा र नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुणदल निकट युवाहरूले आइतबार तालबन्दी गरेका हुन् ।

नगरपालिका र राकम कर्णालीस्थित जेएन फार्मेसीसँगको मिलेमतोमा म्याद नाघेको औषधी वितरण गरिएको र त्यस विषयमा आफूहरूले पटक–पटक कारबाहीको माग गर्दा पनि नगरपालिकाबाट सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताइएको छ ।

आइतबार एक संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति जारी गर्दै स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सिनाले औषधी खरिद एन विपरीत खरिद गरेको र त्यस विषयमा नगरपालिका बेखबर रहको भन्दै दोषीलाई कारबाहीको माग गरिए पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १८:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया