संसद् विघटनविरुद्धको पहिलो चरणको आन्दोलनमा विवेकशीलका तीन निष्कर्ष [फोटो फिचरसहित]

विवेकशीलले सुरु गरेको संसद विघटनविरुद्धको पहिलो चरणको आन्दोलन सकिएको छ । विवेकशीलले संसद विघटन भएको दोस्रो दिन अर्थात् पुस ६ गतेदेखि माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेको थियो ।

प्रदर्शनको ३० औँ दिन सोमबार पार्टीले आफ्नो पहिलो चरणको आन्दोलन समाप्त भएको जानकारी दिएको हो । पार्टीले हरेक दिन बिहान साढे १० बजेदेखि विभिन्न खालका सांकेतिक कार्यक्रममा गरेर संसद विघटनविरुद्ध प्रदर्शन गरेको थियो ।

विवेकशीलले प्रदर्शनपश्चात ३ बुँदे निष्कर्ष पनि सार्वजनिक गरेको छ । 

पार्टीका निष्कर्षहरु

१. शैशवकालमा रहेको लोकतन्त्रलाई जोगाउनुपर्नेले नै यसमाथि घात गरेका छन् । यस कदमले देशले सात दशकमा पाएको संविधान सभाबाट निर्मित संवैधानिक व्यवस्थालाई भताभुङ्ग पार्छ । यसले देशका संस्थाहरूको विश्वसनीयता घट्छ र कानुनको कार्यान्वयन हुने कुरामा शंका उत्पन्न गर्छ । जसले गर्दा देशमा काम गर्ने वातावरण झन् बिग्रन्छ र विशेष गरी युवा लगायत सबै देशबाहिर आफ्नो भविष्य खोज्न थाल्छन् । 

२. लोकतन्त्रलाई जोगाउनु निरन्तरको प्रक्रिया हो र त्यसमा हामी नागरिकहरूको सक्रियता जरुरी रहेको छ । हाम्रो सक्रियता जति हुन्छ, लोकतन्त्र पनि त्यही स्तरमा मजबुत हुँदै जान्छ ।



३. हाम्रो समाजको चेतना, विकासको स्थिति आदिमा हामी किन यहाँ छौँ भन्नेमा नागरिक, समाज, राजनीतिक दलका नेतृत्वमा रहेका तथा सरकारमा रहेकाहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्दा मात्रै समाज अगाडि बढ्ने र लोकतन्त्रले दिने अपेक्षा गरिएको सामाजिक न्यायसहितको सेवा प्रवाह हासिल हुने देखिन्छ ।

विवेकशील साझासँगको एकतामा समावेश नभएको विवेकशीलले दोस्रो चरणको आन्दोलन छिट्टै गर्ने पनि जनाएको छ ।




  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १८:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया