‘सुशान्तको मृत्युसम्बन्धी समाचारले अदालतको अवहेलना’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या सम्बन्धमा प्रकाशित भएका कतिपय समाचार अपमानजनक रहेको बम्बे उच्च अदालतले ठहर गरेको छ । सुशान्तको मृत्युसँग जोडिएका रिपब्लिक टिभी र टाइम्स लाउका केही रिपोर्ट ‘अपमानजनक’ भएको अदालतले ठहर गरेको हो ।

मिडियामा आएका विभिन्न समाचारले न्यायमा बाधा पुर्याउने भन्दै उच्च अदालतले आत्महत्यासम्बन्धी रिपोर्टिङ गर्ने क्रममा संयमता अपनाउन सञ्चारकर्मीलाई सुझाव दिएको छ । अदालतका प्रधान न्यायाधीश दीपांकर दत्त र न्यायाधीश जिएस कुलकर्नीले भनेका छन्, ‘मिडियामा आएका त्यस्ता सामग्रीले अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने भएकाले त्यस्ता कार्य अदालतको अपहेलना भएको हो ।’

रिपब्लिक टिभी र टाइम्स नाउमा छापिएका ती रिपोर्टविरुद्ध अवकाश प्राप्त कर्मचारीले निवेदन दिएका थिए । उनीहरूले सुशान्तको मृत्युलाई लिएर मिडियामा ट्रायल बन्द गर्न दवावसमेत दिएका थिए । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १५:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया