पार्टी प्रवेशको विषयमा विवाद हुँदा कांग्रेस-नेकपाको झडप
फाइल फोटो

रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा दाहाल-नेपाल समूहबीच झडप भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका–९ स्थित राडीमा मंगलबार दिउँसो झडप भएको हो। झडपमा परी वडा नम्बर ९ का अध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन्। 

घाइतेहरुको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पार्टी प्रवेशको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो। 

नेकपा दाहाल-नेपाल समूहका कार्यकर्ता एवं नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष केशरमान विक उनका भाइ गोपाल विक र वडानम्बर –८ का वडाध्यक्ष मानबहादुर चनाराको नेतृत्वमा नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई आक्रमण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति धीरेन्द्र बटालाको आरोप छ। 

स्थिति उग्र बन्दै गएपछि प्रहरीले हवाइ फाएरसमेत गरेको थियो। विवाद उत्पन्न भएपछि  दुई पक्षबीच सहमतिका लागि छलफल भइरहेको अवस्थामा झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुव्रबहादुर क्षेष्ठले जानकारी दिए।  





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १९:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया