नेकपा बाग्मती प्रदेश अध्यक्ष नारायण दाहाललाई ओली पक्षले गर्यो कारबाही
आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टीको विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम तीव्र बनेको छ । यसै क्रममा नेकपाको केपी शर्मा ओली पक्षले बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारबाही गरेकोे छ । 

दाहाललाई कारबाही गरेपछि सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनीलाई चयन गरिएको छ । भक्तपुरमा आयोजित बाग्मती प्रदेश संगठन कमिटीको चौथो विस्तारित बैठकमा यसबारे जानकारी दिइएको हो । 

ओली पक्षले बाग्मती प्रदेशका जिल्लाहरुमा अध्यक्षसमेत चयन गरेको छ । जसअनुसार काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ र सिन्धुलीमा प्रदीप कटवाल चयन भएका छन् ।

बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटी घोषणा गरेको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १९:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया