बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

ना७ख २२०९ नम्बरको ट्याङ्करले बा५४प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ५८ वर्षीया रिता खड्गीको मृत्यु भएको हो । 

श्रीमान जेन खड्गीले चलाएको स्कुटरमा पछाडि बसेकी उनको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । स्कुटरचालक सामान्य घाइते छन् ।

ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साल पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार २१:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया