नेपाल इन्जिनियरिङ कलेज स्वामित्व विवाद : सञ्चालक न्यौपाने कारागार चलान

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादका प्रकरणमा मुछिएका कलेज सञ्चालक लम्बोदर न्यौपानेसहित तीनजनालाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

अदालतले लम्बोदर न्यौपानेलाई ३६ लाख र सोही प्रकरणमा मुछिएका रम कुमारलाई १० लाख र चोलाकान्त च्वाइलाई ५० हजार धरौटी तोकेको छ । उनीहरुमध्ये न्यौपानेले पैसा तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गर्न लागिएको छ । अन्य दुईजनाको धरौटी तिरेर रिहा हुन लागेका छन् ।  

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले १० मंसिरमा ठगी मुद्दामा पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार २१:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया