संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् ।
अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने  थापाको भनाइ छ । 

गृहजिल्ला हेटौँडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनीतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटनाउन्मुख भएको बताए । अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए । 

आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लव माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । भ्रष्टाचार ,कुशासन ,धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए।

जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनाअनुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमबारे आ–आफ्नो धारणा राखेका थिए । 

आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षहरुको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १६:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया