देशभर थपिए २३२ कोरोना संक्रमित, ८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण भएका छन् ।

कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ । २४ घण्टामा मात्रै ३८६ जना निको भइ डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । 

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ छ । 

काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । 



काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।



  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १६:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया