मेलम्ची सुरुङमार्गको काम सन्तोषजनक : मन्त्री मणिचन्द्र थापा

​​​​​​​खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।

मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधीन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् । अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए । अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भए पनि परीक्षणअघि विज्ञ समूहलाई निरीक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाका लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए । 

सुरुङमा थालिएको सुधारको काम तीन सातामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम सुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले बताए ।

 





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १७:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया