दुर्गेश बाबु बने : फ्यान सरप्राइज

पछिल्लो समय चर्चामा रहेका गायक हुन्, दुर्गेश थापा । उनले हरेकजसो अन्तर्वार्तामा आफू प्रेममा रहेको कुरा बताउँदै आएका थिए । तर, आइतबार दुर्गेशका फ्यान चकित भए । उनले आफू बाबु बनेको खुसी सामाजिक सञ्जालमार्फत् व्यक्त गरे ।

प्रेममा रहेको बताउँदै आएका आफ्ना प्रिय गायक बाबु बन्दा उनका शुभचिन्तक खुसी भए । तर, उनले किन विवाहको खुसी आफूहरुसँग बाँडेनन् भनेर प्रश्न गरेका छन् । दुर्गेशले आफूले बिहे गरेको खबर आफ्ना फ्यानलाई दिएका थिएनन् । त्यसैले उनका फ्यान उनी एकाएक बाबु बन्दा अचम्मित भएका हुन् ।

दुर्गेशले आफू गहिरो प्रेम सम्बन्धमा रहेको बताए पनि बिहे गरेको कुरा भने सार्वजनिक गरेका थिएनन् । बाबु बनेको खबर सार्वजनिक भएपछि भने दुर्गेशले अघिल्लो वर्ष विवाह गरेको बताएका छन् । नजिकका साथीभाइलाई मात्रै थाहा दिएर सामान्य विवाह गरेको भन्दै उनले धेरैलाई थाहा नभएको स्वीकार गरेका छन् ।

दुर्गेशकी पत्नी प्राची लामा र दुर्गेशलाई पहिलो सन्तान प्राप्त भएको हो । 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १३:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया