उपत्यकामा १५४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा उपत्यकामा १५४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार ९५ पुरुष र ५९ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामध्ये काठमाडौंमा सबभन्दा बढी संक्रमित रहेका छन् । हालसम्म तथ्यांकअनुसार काठमाडौंमा १ लाख ९ सय संक्रमित भेटिइसकेका छन् । अहिले १ हजार ८०५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी ललितपुरमा १४१ तथा भक्तपुरमा ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार २४० जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १८:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया