प्रतिनिधिसभा विघटन विरुद्ध अखिलको आन्दोलन
विभिन्न शैक्षिक मागसहित सडक आन्दोलनको तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी अखिलले प्रतिनिधि सभा विघटन विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । युनियनले सरकारको कदम नसच्चिँदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीलाई सहभागिता जनाउन अपिलसमेत गरेको छ । 

माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । 

यस्तै माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधन निषेध गर्ने र युवामार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायत कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

यस्तै, कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्ने लगायत माग पनि अखिलको छ । 

लिपुलेक, लिम्पयाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुचारु गर्न दवावमूलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउन दवाव दिने, अहिलेसम्मको शुल्क मिनाहा गर्न र लिएको शुल्क फिर्ता गर्न दबाव दिने, शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्ने लगायतका माग राखेर विरोध प्रदर्शन गर्ने समेत बताइएको छ ।





  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १५:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया