बिहेका खबरमा किन मौन छिन् अन्जु पन्त

पछिल्लो केही दिन यता गायिका अन्जु पन्तको विवाहको खबरले राम्रै स्थान पाइरहेको छ । हरेकजसो मिडियामा बिहेको खबर सार्वजनिक हुँदै गर्दा अन्जु भने आफ्नै करेसा बारीमा फलेका तरकारीका तस्बिर सार्वजनिक गरेर बसेकी छन् । उनले आफ्नो विवाह र प्रेमका बारेमा अहिलेसम्म कुनै पनि प्रतिकृया जनाएकी छैनन् । उनी गीत रेकर्डिङमै व्यस्त देखिन्छिन् ।

बिहेको खबर सार्वजनिक भएपछि उनका हुनेवाला श्रीमानले भने आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन् । इलामका थिर कोइरालासँग विवाह बन्धनमा बाँधिन लागेकी पन्तसँग पटक-पटक फोन सम्पर्क गर्न खोज्दा उनले रिसिभ गरिनन् ।

विभिन्न सञ्चार माध्यमले अन्जु र थिरले बिहेको तिब्र तयारी स्वरुप कपडा डिजाइन गरेको खबर सार्वजनिक गरेका छन् । तर, आफूहरु तत्काल बिहेको तयारीमा नरहेको थिरले बताएका छन् । अन्जु र आफ्नो परिवारबीच कुराकानी भइरहेको भए पनि अहिले भव्य तयारीमा नरहेको उनको जिकिर छ ।

एक वर्षभित्र बिहे गर्ने तयारीमा रहेका आफूहरुलाई मिडियामा आएको खबरले चाँडो बिहे गर्न दबाब सिर्जना गरेको उनको भनाइ छ । गीतकार समेत रहेका थिर कोइराला र अन्जुको ३ वर्षअघि चिनजान भएको बताइएको छ । गएको एक वर्षदेखि भने उनीहरु प्रेममा परेका थिए ।

अन्जु र थिर प्रेममा थिए भन्ने कुरालाई थिरले आफ्नो फेसबुकमा विभिन्न समयमा पोस्ट गरेका अन्जुका तस्बिरले पनि थप पुष्टि गरेको छ । थिरले अन्जुकी छोरी परितोशिकासँगका तस्बिर पनि पोस्ट गरेका छन् ।

गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँगको सम्बन्धविच्छेदपछि एक्लै बस्दै आएकी पन्तको बिहेको खबरले उनका शुभचिन्तक भने खुसी भएका छन् । सम्बन्ध विच्छेदपछि क्रिश्चियन धर्म अंगालेकी अन्जु पन्तका हुनेवाला श्रीमान् पनि क्रिश्चियन​ धर्मावलम्बी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १४:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया