भारतीय विदेश मन्त्रालयले नेपालमा आफ्ना ६ लाख नागरिक बस्दै आएको जनाएको छ।
भारतको माथिल्लो सदनमा बिहीबार विश्वका २ सय २१ वटा देश वा भूभागमा भारतीय नागरिक बस्दै आएको जानकारी दिएको हो।
मन्त्रालयको अनुसार ती देशमा भारतबाट १ करोड ३१ लाख १४ हजार नागरिक रहेका छन्। त्यसमध्ये नेपालमा ६ लाख बस्दै आएका छन्।
यो संख्या विदेशमा बस्ने भारतीयहरुको करिब साढे ४ प्रतिशत हो । नेपाल भारतीयहरु सबैभन्दा बढी बस्ने सातौँ राष्ट्र हो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी भारतीय नागरिक संयुक्त अरब इमरेट्स (युएई)मा छन्। सो देशमा ३१ लाख नागरिक रहेको मन्त्रालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।