पछिल्लो २४ घण्टामा  थप १०५ जना कोरोना संक्रमित, २ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १०५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१  हजार ७०७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । 

यही अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ भने ९२ जना क्वारेन्टिनमा रहेका छन् ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १६:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया