संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासमा
फाइल तस्बिर

संवैधानिक नियुक्तिका विरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको पेसी तोकिएको छ । न्यायाधीश प्रकार कुमार ढुङ्गानाको एकल इजलासमा पेसी तोकिएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएपछि सभामुख सापकोटा आफै अदालत पुगेका थिए । उनले रिटमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितलाई विपक्षी बनाएका छन् । 

अध्यादेशमार्फत संविधानको मर्म र भावनाविपरीत परिषद्सम्बन्धी ऐन संसोधन गरी बसेको परिषद् बैठकले गरेका नियुक्ति सिफारिस असंवैधानिक भएको भन्दै सभामुख सापकोटा रिट निवेदन लिएर सर्वोच्चमा पुगेका हुन् । 

सभामुखले राष्ट्रपति भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री ओली, सदस्यद्वय प्रधानन्यायाधीश राणा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास बैरागी र सपथ लिएका ३२ जना संवैधानिक अंगका सदस्यसहित ३९ जनालाई विपक्षी बनाएर रिट हालेका हुन् । 

रिट दायर गर्न सभामुखसँगै नेकपा दाहाल(नेपाल समूहका नेतृ शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसहित सर्वोच्च पुगेका थिए । रिटमा सभामुखले संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकिर गरेका छन् । 

नेकपामा विवाद देखिएसँगै सभामुखले दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि संवैधानिक परिषद्को बैठक बहिष्कार गर्दै आएका थिए । सभामुखले केही दिनअघि संवैधानिक नियुक्तिका लागि सरकारले सुनुवाइ गर्न पठाएको पत्र पनि फर्काइदिएका थिए । 





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १०:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया