केपी ओलीले सत्ता छाडिजाउन्, १ मिनेट बस्‍ने अधिकार छैन : नारायणकाजी

नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले एक मिनेट पनि सत्तामा बस्ने अधिकार नभएको बताएका छन्। काठमाडौंमा आयोजित शक्ति प्रदर्शनसहितको विरोध सभालाई बुधबार सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले ओली सरकार काम चलाउ हैसियतको पनि नरहेको जिकिर गरे।

संसद नै विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री ओली काम चलाउ हैसियतमा पनि नरहेको बताउँदै उनले पूरै अवैधानिक भएको उनले जिकिर गरे। 'सरकार बन्न सक्ने अवस्थामा त्यसो नगरेर संसद समेत विघटन गरेकाले अब ओली पनि अवैधानिक भइसके', उनले भने, 'संसद् नरहेको अवस्थामा सरकार अवैधानिक भएकाले यसका सबै काम अवैधानिक र असंवैधानिक हुन्।'

प्रवक्ता श्रेष्ठले ओली सत्तामुखी र पदलोलुप भएको पनि आरोप लगाएका छन्। तानाशाह पथमा हिँडेका ओलीलाई समयमै चिन्न नसकेको भन्दै उनले जनतासँग माफी पनि मागेका छन्। आगामी दिनमा आफूहरु अझै परिवर्तित र व्यवहारिक भएर जाने उनले दाबी गरे। 

श्रेष्ठले संयुक्त संघर्षका लागि पहल भइरहेको पनि बताएका छन्। ‘हामी नेपाली कांग्रेस, जसपासँग पनि संयुक्त संघर्ष चाहन्छौँ। संयुक्त संघर्ष नभए पनि अलग-अलग रुपमा केपीको प्रतिगमनविरुद्ध आन्दोलन भइरहेको छ', उनले भने, 'केपीको प्रतिगमनविरुद्ध सबैतिरबाट प्रहार भइरहेको छ।'





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १५:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया