टाइगर कप : एपिएफलाई हराउँदै गण्डकी फाइनलमा

पोखरामा जारी टाइगर कप भलिबलको पुरुषतर्फ घरेलु टोली गण्डकीले विभागीय टोली नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

उसले शुक्रबार पोखरा रंगशालमा भएको खेलमा पहिलो सेट २५–२१ निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो खेलमा नेपाल पुसिलसँग ३–० को सोझो सेटमा पराजित भएको गण्डकीले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको थियो ।

हारसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गरेको एपिएफले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

गण्डकीले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १२:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया