फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग वैशाखमा

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) वैशाख ११ गतेबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेका जानकारी गराएको हो । वैशाख २५ सम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । 

एन्फाको प्राविधिक सहयोग रहने प्रतियोगितामा ७ प्रदेशको प्रतिनिधित्व हुने गरी ७ सहरको सहभागिता रहनेछ । टिम र टिम मालिकको बारेमा भने केही दिनपछि जानकारी दिइने आयोजकले बताएको छ । 

सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा १९ खेल हुनेछन् । खेलाडीको छनोट अक्सनमार्फत् गरिनेछ । अक्सनमा एउटा टिमले विभिन्न श्रेणीबाट २० जनासम्म खेलाडी भित्र्याउन पाउनेछन् । एउटा टिममा तीनजना सम्म विदेशी खेलाडी राख्न पाइने छ भने दुई जनाले प्लेइङ सेटमा रहेर खेल्न पाउने छन् ।  

खेलाडीको श्रेणी र पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले २०७६ सालको वैशाख र जेठमा लिग आयोजना गर्ने गरी २०७५ पुसमा एन्फासँग सम्झौता गरेको थियो तर विभिन्न कारणले गर्दा लिग हुन सकिरहेको थिएन ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १५:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया