सर्वोच्च अदालत पुगे प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार सर्वोच्च अदालत पुगेका छन्। सेनाले प्रयोग गरिरहेको जग्गालाई लिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका अधिकारीसँग छलफलका लागि उनी सर्वोच्च अदालत पुगेका हुन्।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानसेनापति थापा दिउँसो १ बजे आएको पुष्टि गरे। 'हाम्रो मूल भवनको पूर्वतर्फ रहेको सेनाले उपभोग गरिरहेको जग्गाबारे छलफल गर्न उहाँ आउनु भएको हो', ढकालले भने, 'अन्य कुरामा होइन, त्यो जग्गा 'क्लियरेन्स'को उपायबारे यहाँ कुरा भएको छ।'

ढकालका अनुसार सेनाले उपयोग गरिरहेको जग्गामा सर्वोच्च अदालतको नयाँ भवन बनाउन लागिएकाले त्यही विषयमा छलफलका लागि थापा आएको ढकालले बताए। 

प्रधानसेनापति थापा सर्वोच्च अदालतमा करिब एक घण्टासम्म बसेर फर्किएका छन्। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा टुंगिने चरणमा रहेको बेला प्रधानसेनापतिको भ्रमणलाई अनेक कोणबाट व्याख्या गर्न थालिएको छ।

तर सूचना अधिकारी ढकाल भने थापाको आगमन केबल जग्गाको विषयमा मात्रै भएको बताउँछन्। 'हाम्रो नयाँ भवन बनाउने तयारी भइरहेकाले सेनाले प्रयोग गरिरहेको जग्गाको टुंगो लगाउन उहाँ आउनु भएको हो, यसलाई अन्य रुपमा बुझ्नु जरुरी छैन', ढकालले फरकधारसँग भने।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १६:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया