माधुरीले गरेको एउटा गल्ती

आफ्नो सौन्दर्यका कारण सबैलाई हायलकायल बनाउने बलिउड अभिनेत्री माधुरी दीक्षित अहिले पनि सबैका लागि चासो र चर्चाकी पात्र रहिरहेकी छिन् । 

पछिल्लो समय सामाजिक सन्जालमा निकै सक्रिय माधुरीले सानो होस् या ठूलो पर्दामा सबैमा आफ्नो बर्चश्व जमाएकी छिन् ।

अनि सामाजिक सन्जालमा चाहिँ माधुरी आफ्ना तस्वीर राखेर बारम्बार चर्चा कमाइरहेकी हुन्छिन् । यसपटक पनि उनले त्यस्तै गरिन् । तर, यसपटक उनले इन्स्टाग्राममा सेयर गरेको एउटा तस्वीरमा गल्ती देखियो । 

त्यो गल्ती थियो, फिल्म टोटल धमालबारे । फिल्म टोटल धमालमा माधुरीले २ वर्ष लेख्नु पर्नेमा २१ वर्ष लेखेर गल्ती गरेकी हुन् । तर, जब उनका प्रशंसकले यसबारे उनलाई भने, उनले यो गल्ती सच्याइहालिन् ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ९:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया