बन्ने भयो ‘प्रसाद–२’

नेपाली कथानक चलचित्र ‘प्रसाद’ले नेपाली सिने उद्योगमा राम्रै व्यापार ग¥यो । २ वर्षअघि प्रदर्शनमा आएको यो चलचित्रले एक निसन्तान दम्पतीको कथा उठान गरेको थियो ।

नम्रता श्रेष्ठ र विपिन कार्की शीर्ष भूमिकामा रहेको चलचित्रको दोस्रो सिरिज बन्ने भएको छ । ‘प्रसाद–२’मा भने निर्देशक परिवर्तन हुने भएका छन् । चलचित्रको दोस्रो सिरिज सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । पहिलो सिरिजको निर्देशक दिनेश राउतले गरेका थिए।

‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चिल बस्नेत ‘प्रसाद–२’मा पनि शीर्ष भूमिकामा नै देखिने भएका छन् । यी ३ कलाकार चलचित्र ‘प्रसाद–२’का लागि अनुबन्धित भइसकेका छन् ।

चलचित्र सुभाष थापाले निर्माण गर्ने छन् । चैतको दोस्रो साताबाट छायांकनमा जाने यो चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ९:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया