हेटौंडामा सर्वोच्चको निर्णयको स्वागत

बागमती प्रदेशको राजधानी हेटौंडामा सर्वोच्च अदालतले मंगलबार साँझ गरेको संसद पुन:स्थापनाको स्वागत भएको छ । नेकपाको प्रचण्ड–माधव समूहले हेटौंडाको बुद्धचोकमा दीपावली गरेर स्वागत गरेका हुन् । 

नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडा सहितको उपस्थितिमा नेता कार्यकर्ताले नाराबाजी र मैनबत्ती बालेर स्वागत गरेका हुन् । संसद पुन:स्थापनाको खुसीमा कार्यकर्ताहरु न्यायालयलाई धन्यवाद दिएका थिए । नारामा ‘हिप हिप हुर्रे, चुनाव चिह्न सूर्ये’, ‘यो जित कसको जनताको, यो हार कसको ओलीको’ ‘नेपाली जनता हाई हाई, केपी ओली बाईबाई’ लगायत नारा लगाएका थिए ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया