सत्यराजको बाँच्नुको कारण सार्वजनिक

गायक स्वरुपराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘म बाँच्नुको अर्थ’बोलको गीत सार्वजनिक भएको हो । आचार्यलाई गायिका वसन्ता प्रकृतिले गायनमा साथ दिएकी छन् ।

दुर्गाप्रसाद आचार्यले लेखेको गीतमार्फत पुराना दिनको सम्झना गरिएको छ । गीतमा संगीत पनि दुर्गाप्रसादले नै दिएका हुन् ।

गीतको म्युजिक भिडियोमा मिलन कार्की र रक्षा थापाले अभिनय गरेका छन् । अंकित वासु र आयान खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा आल्मा खतिवडा, सुचित्रा उप्रेती र क्रिजन महतले पनि अभिनय गरेका छन् । भिडियो आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।

 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १२:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया