क्लोपको स्थानमा जेरार्ड ल्याउने योजनामा लिभरपुल

इङ्लिस क्लब लिभरपुल हालका मुख्य प्रशिक्षक योर्गेन क्लोपको स्थानमा आफ्ना पूर्व खेलाडी स्टिफेन जेरार्डलाई भित्र्याउने योजनामा रहेको चर्चा हुन थालेको छ । 

जर्मन फुटबल संघले क्लोपलाई राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेकाले उनीले लिभरपुल छाड्ने सम्भावना रहेको बुझिएको छ ।

सन् २०१५ देखि लिभरपुलको टिम सम्हालेका क्लोपले क्लबलाई ३० वर्षपछि  अघिल्लो सिजन लिग उपाधि दिलाएका थिए । क्लोपको प्रशिक्षणमा लिभरपुलले सन् २०१९–२० को च्याम्पियन्स लिग उपाधि पनि हात पारेको थियो । 

यो सजिनमा भने लिभरपुल खराब लयबाट गुज्रिरहेको छ । पछिल्ला पाँच खेलमध्ये ४ खेलमा पराजित भएको लिभरपुल २५ खेलबाट ४० अंकका साथ लिगको छैटौं स्थानमा छ ।  

जर्मन फुटबल संघले करिब सन् २००६ देखि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहेका जोचिम लोउको स्थानमा क्लोपलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको हो । 

लोउले जर्मनलाई सन् २०१४ को विश्वकप उपाधि दिलाएका थिए तर सन् २०१८ को विश्वकप भने जर्मनका लागि बिर्सनलायक रह्यो । जर्मन समूह चरणबाटै बाहिरिएको थियो । 



लोउ बर्खास्त हुनुअघि नै राजीनामा दिने योजनामा रहेकाले पनि जर्मन फुटबल संघले क्लोपलाई प्रस्ताव गरेको बताइएकोे छ । क्लोपले छाडेको खण्डमा जेरार्डलाई मुख्य प्रशिक्षक बनाउने लिभरपुलको योजना छ ।

जेरार्डले लामो समय लिभरपुलमा बिताएका थिए । उनले सन् १९९८ देखि सन् २०१५ सम्म लिभरपुलका लागि खेल्दा ५०४ खेलमा १२० गोल गरेका छन् ।



  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १३:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया