म्यानमारमा सैन्य कूको विरोधमा आइतबार सबैभन्दा घातक र अप्रिय दिन सावित भएको छ ।
म्यानमारमा सैन्य कूको विरोधमा प्रदर्शनमा निस्किएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोलीका कारण कम्तिमा पनि १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
यसअघि यही प्रदर्शनमा दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
संयुक्त राष्ट्र मानवाधिकार कार्यालयले यो सैन्यक कूको विरोधमा भएको प्रदर्शनमा सबैभन्दा घातक दिन भएको बताएको छ । म्यानमारका कयौँ सहर रंगुन, दवेई तथा मंडालेमा प्रदर्शनकारीको निधन भएको हो ।
म्यानमारमा १ फ्रेबुअरीमा सेनाले सैन्य कू गरेको थियो । त्यसपछि त्यहाँ दैनिक प्रदर्शन भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।