प्रधानमन्त्री ओलीको पोखरा भ्रमण : यस्तो छ कार्यक्रम तालिका
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली आज गण्डकी प्रदेशको राजधानी पोखरा जाँदैछन् । सत्तारुढ नेकपाको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्नका लागि ओली पोखरा जान लागेका हुन् । 

पोखरमा प्रधानमन्त्री ओलीले आफूपक्षीय नेता, कार्यकर्तालाई सम्बोधनसँगै विभिन्न निरीक्षण तथा शिलान्याससमेत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले पोखरामा पहिलो काम पोखरा महानगरपालिका–१ नदीपुरमा बन्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नेछन् । 

त्यसपछि, प्रधानमन्त्री ओली पोखरा सभागृहमा पुग्नेछन् । जहाँ उनले आफूपक्षीय नेता, कार्यकर्ताको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नेछन् । दिउँसो करिब १ बजे ओलीले सम्बोधन गर्ने तय भएको छ । 

त्यसलगत्तै प्रधानमन्त्री ओली पोखरा रंगशालाको निरीक्षणमा जानेछन् । पुनर्निर्माण सक्ने अवस्थामा रहेको रंगशालामा ओलीले तयार भइरहेको पूर्वाधारको विषयमा विस्तृत जानकारी लिनेछन् ।  

पोखरा रंगशालामा खेलाडीहरुले आ–आफ्नो खेल पोसाकसहित प्रधानमन्त्रीको स्वागत गर्ने तय भएको छ । प्रधानमन्त्री ओली निरीक्षणमा जाने भएपछि रंगशालालाई सरसफाइ गरी सिँगारिएको छ । 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार ८:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया