थप ८७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको कोरोना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २३३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ६०५ पुगेको छ।

मन्त्रालयका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ७६६ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया