सफ्ट्वेरिकाको दोश्रो आइओटी प्रदर्शनी हुँदै

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले काठमाडौंमा दोस्रो आइओटी प्रदर्शनी गर्ने भएको छ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड इकमर्सले काठमाडौंमा आइओटी प्रदर्शनी गर्ने भएको हो ।

प्रदर्शनीका लागि अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च  एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहोर ब्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएको कलेजले जनाएको छ । 

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । 

निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने उनले उल्लेख गरे । 

उनका अनुसार प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने छ । 

बेलयतको कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेका हुन् । 



आर्थिक अभावका कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

स्मार्ट सवारी कलेज स्तरमा नेपालमा पहिलो पटक निर्माण गरिएको कलेजका निर्देशक अमृत थापाले बताए । प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वेरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन् । 



५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको कलेजले जानकारी दिएको छ । प्रदर्शनी फागुन २८ गते देखि ४ दिनसम्म डिल्लीबजारस्थित कलेज प्रांगणमै हुनेछ । 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार २२:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया