कमेडी च्याम्पियनको 'गोल्डेन की' विक्की र पुष्पलाई

कमेडी च्याम्पियनको दोस्रो सिजन यो सातादेखि सुरु भएको छ । शुक्रबार र शनिबार शो का ३ अडिसन प्रसारण गरिएको छ । प्रसारण भएका दुई शोबाट २ जना प्रतिस्पर्धीले ‘गोल्डेन की’ प्राप्त गरेका छन् ।

दोस्रो सिजनको कमेडी च्याम्पियनको पहिलो र दोस्रो श्रृंखलामा सिक्किमका विक्की अग्रवाल र धनकुटाका पुष्पराज ओझाले ‘गोल्डेन की’ प्राप्त गरेका हुन् । गोल्डेन की प्राप्त गरेसँगै उनीहरु दुवैजनाले सिधै उत्कृष्ट २४ मा प्रवेश पाएका छन् ।

शो को दुई श्रृंखलाको प्रसारण हुँदा अन्य प्रतिस्पर्धीका बारेमा भने केही निर्णय सुनाइएको छैन् । आगामी साता प्रसारण हुने ‘शो’ बाट उत्कृष्ट २४ को टुंगो लगाइनेछ । 

कमेडी च्याम्पियनको यो सिजनमा ६ जना उत्कृष्ट प्रतियोगीलाई निर्णायकले ‘गोल्डेन की’ दिएर सिधै उत्कृष्ट २४ मा लैजान पाउने छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको शो रीमा विश्वकर्मा र मेक्सम गौडेलले होस्ट गरिरहेका छन् । रीमा अघिल्लो सिजन देखिकै होस्ट हुन भने मेक्सम पहिलो सिजनका उत्कृष्ट ३ मा पुग्न सफल प्रतियोगी हुन् ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १०:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया