लगानीकर्ताको गोपनियता भंग गर्दै सेयर बिक्री प्रबन्धक : नियामक निकाय मौन

पछिल्लो समय सिडिएससी क्लियरिङ लिमिटेडले लगानीकर्ताको गोपनीयता भंग भएको भन्दै अनलाइन मिडियाहरूमार्फत् आइपिओ नतिजा प्रकाशन गर्न रोक लगायो । यससँगै सिडिएससीले आइपिओको नतिजा प्रकाशनको जिम्मा आइपिओ निष्काशन गर्ने कम्पनी, मेरो सेयर र बिक्री प्रबन्धकलाई जिम्मा दिएको थियो । तर, ती कम्पनीहरूको वेबसाइटमा पनि आइपिओ नतिजा हेर्न निकै चाप बढेसँगै सिडिएससीले आफ्नो अलग्गै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

यद्यपि सिडिएससीले जुन उद्देश्यका साथ नयाँ प्रक्रिया सञ्चालन गरेको थियो त्यो भने पूरा भएको देखिँदैन । लगानीकर्ताको गोपनीयता भंग हुन नदिने भन्दै तीनवटा वेबसाइटमार्फत् आइपिओ नतिजा सार्वजनिक गर्ने प्रक्रिया अहिले ठिक उल्टो देखिएको छ ।

लगानीकर्ताको विवरण गोप्य राख्छन् भनिएका कतिपय मर्चेन्ट बैंकहरूले लगानीकर्ताको विवरण गोप्य राख्नुको साटो वेबसाइटमा नै सार्वजनिक रूपमा प्रकाशन गरेको पाइएको छ । उक्त मर्चेन्ट बैकहरूको वेबसाइटमा फेला परेका विवरणहरूमा लगानीकर्ताको नाम, डिम्याट नम्बर, लगानीकर्तासँग भएको सेयर संख्या, कम्पनीको नामलगायत रहेका छन् ।

अझ एक बिक्री प्रबन्धकको वेबसाइटमा एउटा कम्पनीको सेयर बाँडफाँटको सम्पूर्ण विवरण समेत रहेको छ । त्यसमा लगानीकर्ताको डिम्याट नम्बर, लगानीकर्ताको पूरा नाम, आइपिओमा आवेदन दिएको संख्या र परेको सेयर संख्याको विवरण एकसेल फाइलमै राखिएको भेटिएको छ ।

यसरी लगानीकर्ताको गोप्य विवरण वेबसाइटमै राखेर सार्वजनिक गर्नेमा प्रभु क्यापिटल, मुक्तिनाथ क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, आरबिबी मर्चेन्ट बैंक लगायत छन् ।

प्रभु क्यापिटलले डिम्याट रिजेक्सन लिस्टअन्तर्गत १४१ जना र डिम्याट रिजेक्सन आरटिएस लिस्ट भन्दै ४८ जना लगानीकर्ताको डिम्याट र नाम सहितको विवरण वेबसाइटमा राखेको छ ।



https://www.prabhucapital.com/demat-rejection-list



  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १८:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया