माओवादी केन्द्र र जसपा नेताबीच सत्ता समीकरणका विषयमा छलफल

जनता समाजवादी पार्टी (जसपा)का नेताहरु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भेटवार्ता भएको छ। अदालतको निर्णयपछि फेरिएको राजनीतिक परिस्थितिमा उनीहरुबीच सत्ता समीकरणका विषयमा छलफल भएको बुझिएको छ । 

प्रतिनिधिसभाको बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो दाहाललगायत नेता माओवादी नेतालाई भेट्न माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए।

दुई पक्षबीचको वार्ता सकारात्मक भएको भेटमा सहभागी नेताहरुले बताएका छन् । सरकार गठनका विषयमा थप छलफल र सहकार्य गर्ने सहमति भएको बुझिएको छ ।
 
अध्यक्ष दाहालले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाकै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेर नयाँ समीकरणका लागि पहल गरेका थिए । 

जसपाका नेताहरुले बुधबारै एमालेका नेताहरूसँग पनि छलफल गरेका थिए । भेटमा जसपाले सांसद रेशम चौधरीको रिहाइलगायत पुराना माग दोहोर्याएका थिए । 





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १७:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया