कञ्चनपुरमा मालपोत अधिकृत जोशी घुस रकम सहित पक्राउ

कञ्चनपुरका मालपोत अधिकृत २४ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । 

बिहीबार दिउँसो कञ्चनपुर मालपोत कार्यालय महेन्द्रनगरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको हो । 

सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिए । 

मालपोत अधिकृत जोशी माथि थप अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १९:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया