चार लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई पक्राउ गरेको हो ।  

अधिकृत छैटौँ तहका पोखरेलले निर्माण सम्पन्नपछि बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगले  बिहीबार रंगेहात पक्राउ गरेको हो। 

पोखरेललाई घुससहित उनकै कार्यकक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार २०:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया