सुरु भयो फागु पर्व, वसन्तपुरमा चीर ठड्याइयो

वसन्तपुरस्थित हनुमानढोका दरबारपरिसरमा चीर ठड्याइएसँगै फागु पर्व सुरु भएको छ । आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा चीर ठड्याइएसँगै फागु पर्व शुरु भएको छ । 

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर उठाएपछि फागु पर्व सुरु हुने प्रचलन रहिआएको छ । आइतबार बिहान शुभ साइतमै विभिन्न बाजागाजा, नाचगानसहित रंगीचङ्गी चीर उठाइएको हो । 

फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व मनाउने गरिएको छ । फाल्गुन शुक्ल पूर्णिमाको दिन बेलुकी चीर तानेर टुँडिखेल लगेर जलाएपछि फागु पर्व सकिन्छ । 

यस वर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते फागु पूर्णिमा मनाइँदै छ । 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार २०:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया