हकङकमा कोरोनाको खोप लगाएका २ को मृत्यु, ९ जनाको अनुहार प्यारालाइसिस

हङकङमा कोरोना भाइरसविरुद्धको खोप लगाएपछि थप दुईजनाको ज्यान गएको छ। कोरोनाविरुद्धको खोप लगाएपछि अन्य नौजनाको अनुहार प्यारालाइसिस भएको छ।

साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार विवरण अनुसार हङकङमा कोरोनाविरुद्धको खोप लगाएपछि ज्यान जानेको संख्या पनि १० पुगेको छ।

हङकङमा ज्यान गुमाएका १० मध्ये नौ जनाले चीनमा उत्पादित सिनोभ्याक खोप लगाएका थिए। त्यस्तै अर्का एकजनाले जर्मनीमा उत्पादित फाइजर र बायोएनटेकको खोप लगाएका समाचारमा जनाइएको छ।

खोप अभियानका क्रममा यसअघि पनि त्यहाँ अन्य दुई जनाको अनुहार प्यारालाइसिस हुन पुगेको थियो। यसअघि यस्तै समस्या इजरायलमा पनि देखिएको थियो।

इजरायलमा कोरोना भाइरस भ्याक्सिनको असरले १३ जना मानिसको अनुहार प्यारालाइसिस भएको थियो। इजरायलको स्वास्थ्य मन्त्रालयले यो संख्या अझै धेरै हुने बताएको थियो।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार २१:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया